नियम २५
विदेशी नागरिकलाई शिकार अनुज्ञापत्र दिने बारे
विदेशी नागरिकलाई कुनै किसिमको शिकार अनुज्ञापत्र दिंदा पेशेवार शिकारी अनुज्ञापत्र प्राप्त व्यक्तिको साथमा मात्र शिकार गर्न जान पाउने गरी शर्त तोक्न सकिनेछ ।
तर कुनै विदेशी नागरिक पेशेवार शिकारीको मद्दत विना शिकार गर्न सक्ने क्षमता भएको छ र निज ऐन र ऐन अन्तर्गत बसेको नियमहरूसित साधारणतया परिचित छ भन्ने कुरा अनुज्ञापत्र ९लाईसेन्स० दिने अधिकारीलाई लागेमा पेशेवार शिकारी साथमा नलिएर पनि शिकार गर्न जान पाउने गरी छुट दिन सक्नेछ ।